आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारद्वारा एकाएक क्रिसमस मनाउन प्रतिबन्ध

प्रकाशित
1.7K
SHARES

काठमाडौं । क्रिसमस पर्वको पूर्वसन्ध्यामा चीन सरकारले एकाएक क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा क्रिसमस मनाउन प्रतिबन्ध लगाएका हुन् । स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी कुनैपनि सामग्री बिक्री नगर्नसमेत निर्देशन दिएका छन् ।

हाइनान प्रान्त, राजधानी पेइचिङनजिकैको सहर लाङफाङ, पश्चिमी सहर नान्याङलगायतका दर्जनौं सहरहरुमा यस्तो उर्दी जारी गरिएको जनाइएको छ । कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ ।

केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ । विदेशी धर्म र साँस्कृतिक अतिक्रमणविरुद्ध लड्ने राष्ट्रपति सी चिनफिङको नीतिको रुपमा यसलाई लिइएको छ । गएको वर्षमात्रै चीनमा हजारौं चर्चहरु डोजर लगाएर ध्वस्त बनाइएको थियो ।

यसैबीच चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’ भनेको छ । मंगलबार पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार साइबर अपराधमा संलग्न रहेका चिनियाँहरुविरुद्ध नेपाल र चिनियाँ प्रहरीले संयुक्त कारबाही चलाएर पक्राउ गरिएको बताएका हुन् ।

उनले आफूसँग रहेको सूचनाअनुसार पक्राउ गरिएका चिनियाँहरु सीमापार साइबर अपराधका शंकास्पद व्यक्तिहरु रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गरे । ‘यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सन्चालन गरिएको एक महत्वपूर्ण अपरेसन हो’–उनले भने ।

प्रवक्ता कङले चीनले सीमापार अपराध नियन्त्रण सँगसँगै धेरै क्षेत्रमा सहकार्य गरेर दुई देश अगाडि बढ्ने बताएका छन् । उनले अपराधीहरु सुपुर्दगी गर्ने सम्बन्धमा पनि जोड दिएका छन् । इसाई धर्मावलम्बीहरुले क्रिसमस डेको पूर्व सन्ध्यामा क्रिसमस ईभ मनाईरहेका छन् ।

नेपालका पर्यटन क्षेत्रमा भने विदेशी पर्यटकहरु क्रिसमस ईभमा रमाइरहेका छन् । विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे मनाउँदै छन् । विभिन्न चर्च र होटलहरु समेत शान्ता क्लज र क्रिसमस ट्रि ले सजाईएका छन् ।

प्रतिक्रिया