आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिसोबाट जोगाउन टीकापुरमा आगो ताप्ने व्यवस्था

प्रकाशित
1K
SHARES
India Weather

कैलाली । केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ । स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

नगरका बासिन्दालाई चिसोबाट बचाउने अभियान स्वरुप आगो ताप्ने व्यवस्था गरिएको भट्टले बताए । यसैबीच नगर क्षेत्रका विद्यालय आसपासका मदिरा पसल तथा होटेलबाट ९५० लिटर अवैध घरेलु मदिरा जफत गरी आजै नष्ट गरिएको छ । बढ्दो लागुऔषधको सेवन ओसारपसार सामाजिक चुनौतीको रुपमा देखिन थालेपछि यस्ता विकृति न्यूनीकरणका लागि प्रहरीले टीकापुर क्षेत्रमा हरेक दिन ‘विद्यालयमा एक घण्टे कार्यक्रम’ अभियान पनि थालेको छ ।

विद्यालयका छात्रछात्रालाई लागुऔषधको प्रयोगले मानिसको स्वास्थ्य र समाजमा पार्ने असर, बाल विवाह गर्दा हुने असर लगायतका विषयमा प्रहरी अधिकृतले चेतनामूलक प्रशिक्षण दिने गरिएको बताइएको छ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ । त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ ।

चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी हिमाली माली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

प्रतिक्रिया