आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

किन लम्बियो नेकपा स्थायी समिति बैठक, यस्तो छ भित्रि रहस्य

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक लम्बिएको छ । विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा बैठक लम्बिएको हो । सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो । प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ । हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । शनिबारको बैठकमा एमसीसीको पक्ष विपक्षमा छलफलको क्रम रहेकोले निष्कर्ष ननिस्केको हो । यस विषयमा नेतृत्वले थप छलफल गरेर आइतबार बिहान ११ बजे बस्ने निर्णय गर्दै टुंगिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेपछि छलफलको क्रम पूरा भएको छ । बैठकमा उठेका प्रश्नहरुको जवाफ अध्यक्ष प्रचण्डले दिएका थिए । नेताहरुद्धारा केही पुरक जिज्ञासाहरु पनि राखेका थिए ।प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई आइतबारको बैठकले पारित गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमसीसीको विषय चर्को रुपमा उठेपछि बैठक एक दिन लम्बिएको हो ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको आज अनावरण गर्नुहँुदै उहाँले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताए । “हामी कसैको भूमिमाथि पनि आँखा लगाउदैनौँ, हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस्, हाम्रो भूमिमाथि गलत ढङ्गबाट आँखा नलगाइयोस् ”, मन्त्री भट्टराईले भन, “भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।” “नेपाल गौतम बुद्ध जन्मिएको भूमि हो, यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन”, उहाँले भन्नुभयो, “हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौँ ।”

प्रतिक्रिया