आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नयाँ सभामुख चयन पुस ११ बाट शुरु हुने

प्रकाशित
1K
SHARES

काठमाडौँ । आगामी पुस ११ गते सभामुखको निर्वाचन हुने भएको छ । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गरिने भएको छ । पहिलो दिन शुक्रबार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने छ ।त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ । पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

त्यस्तै संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । वर्षे अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को २३ गते बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेकी छिन । वर्षे अधिवेशन अन्त्य भएको दुई हप्ता नबित्दै (असोज १४ गते) सभामुख कृष्णबहादुर महरा संसद सचिवायलयकै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा राजीनामा दिन बाध्य भएपछि शुक्रबार सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्दैछिन ।

सभामुख नहुँदा बैठकको अध्यक्षता कसले गर्ने भन्नेबारेमा प्रतिनिधि सभा नियमावलीमा स्पष्ट व्यवस्था छैन । नियमावलीको परिच्छेद २ को प्रतिनिधि सभाको अधिवेशन तथा बैठक सञ्चालन सम्बन्धी व्यवस्थाको दफा ६ को (४) ले ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने छ’ भन्ने व्यवस्था छ । सभामुख र उपसभामुख दुवै नभए ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था छ । तर सभामुख नभएको अवस्थामा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्नेबारे नियमावलीमा उल्लेख छैन । विज्ञहरुले भने सभामुख नहुँदा स्वतः उपभासुखले नै बैठक सञ्चालनको जिम्मेवारी पाउने हुँदा नियमावलीमा उल्लेख गरिरहनु पर्ने अवस्था नरहेको बताउँछन् ।

उपसभामुख तुम्बाहाम्फेको अध्यक्षतामा तीन महिनापछि सुरु हुन लागेको अधिवेशनको मुख्य एजेण्डा सभामुख चयन नै हो । त्यससँगै वर्षे अधिवेशनबाट पारित भएका विधेयकहरु प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु पर्ने, विचाराधीन विधेयकमाथिको छलफल अघि बढाउँदै पारित गर्नुपर्ने लगायतका कामहरु छन् ।

प्रतिक्रिया