आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा

प्रकाशित
2.2K
SHARES

काठमाडौं । अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयससम्म पुगेको जनाइएको छ ।

बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । अधिकारीहरुले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन् । अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरु पनि धेरै हुनेगरेको अधिकारीहरुको भनाइ छ ।

देशको सर्वाधिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ । न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि संकटकालको घोषणा गरेका हुन् । यसैबीच अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ५० डिग्री सेल्सिअस पुगेपछि इतिहासकै सबैभन्दा तातो समय बनेको मौसमविद्हरूले बताएका छन्।

मौसम विभागले उक्त तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ। देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ। यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला आएको हो।

यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो। मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ। थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको थियो।

यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो। समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ।

तर अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ। कतिपय स्थानमा वर्षौँदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोको तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ।

प्रतिक्रिया