आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सञ्चारकेन्द्रकम्री घिमिरे एक महिनापछि रिहा

प्रकाशित
1.3K
SHARES

पोखरा । सञ्चारकेन्द्र डटकमका पाेखरा संवाददाता राजकुमार घिमिरे सोमबार रिहाइ भएका छन् । उनि जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हजार धराैटी राखेर रिहा भएका हुन् । गत मङ्सिर १ गते यातायात कार्यालय गण्डकी लाइसेन्स शाखा, विराैटा पाेखराबाट घिमिरेलाई विप्लव नेतृत्वको नेकपासंग आस्था राखेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।

गिरफ्तार परेको ६ दिनपछि उच्च अदालत पाेखराकाे आदेशमा मङ्सिर ६ गते छुटेका पत्रकार घिमिरे अदालतको गेटबाटै पुनः गिरफ्तार भएका थिए । गिरफ्तारपछि उनलाई वडा प्रहरी कार्यालय रामबजार पाेखरामा राखिएको थियाे । रामबजार प्रहरीले उनलाई प्रहरीमाथि अभद्र व्यवहार गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा सार्वजनिक अपराध मुद्दा दर्ता गरेकाे थियाे ।

साे मुद्दामा प्रशासनले उनलाई धराैटीमा छाड्न आदेश दिएकाे थियाे । पत्रकार घिमिरेलाई नेपाल पत्रकार महासंघको केन्द्रिय मिशन टोलीले रिहा गर्न पहल गरेको थियो । टोलीमा महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल र केन्द्रिय सदस्य जन्मदेब जैशी रहेका थिए ।

उक्त टोलीले घिमिरेको रिहाइको पहलका साथै बिस्थापित पत्रकार राजेन्द्र प्रसाद अधिकारीसहित ओम हमाल, आश गुरुङ्ग, रमाकान्त बास्तोला र राजन साउदलाई समेत पुनर्स्थापित गरेको थियो ।

प्रतिक्रिया