आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सांसदको सपथ लिएलगत्तै विद्या भट्टराईले गरिन यस्तो घोषणा, ओली प्रचण्ड नै दंग

प्रकाशित
1.4K
SHARES

काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छिन् । संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिबद्धता जनाए ।

‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उनले भनिन् । मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी भएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

उपनिर्वाचनमा उनले २४ हजार ३९४ मत ल्याएकी हुन् । त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेका बेला दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरूको मात्रै बैठक बोलाएर गोप्य रणनीति बनाएका छन् । दाहालले खुमलटारस्थित आफ्नै निवासमा सोमबार पूर्वमाओवादी नेताहरूको बैठक राखेका हुन् ।

बैठकमा सभामुख माओवादी पृष्ठभूमि भएका सांसदलाई नै बनाउने सहमति भएको स्रोतले जनाएको छ । नेताहरूले पूर्वएमालेका नेताहरूलाई सभामुख पद नदिन दाहाललाई दवाव दिएको एक नेताले बताए । सभामुखमा सुवासचन्द्र नेम्वाङको चर्चा भइरहेका बेला माओवादी पृष्ठभूमि भएका नेताहरूको बैठकले सभामुख पद माओवादी पृष्ठभूमि भएकालाई नै बनाउन सुझाव दिएको छ ।

बैठकमा रामबहादुर थापा, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरूको सहभागिता रहेको थियो । नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेताहरू रहेका छन् । तीमध्ये अधिकांश नेताहरू खुमलटारको बैठकमा थिए ।

नेताहरूले सभामुख पद पूर्वएमालेका लागि छाडिएको हो कि होइन भनेर दाहालसँग जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालले नेताहरूलाई सभामुखबारे कुनै सहमति भइनसकेको जानकारी दिएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र सङ्गठनतर्फको जिम्मेवारीसमेत तोकेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको बताउँदै लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गरे । जिल्ला अध्यक्ष मुनु सिग्देलले पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरिएअनुसारका काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया