आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृ’त्युद’ण्डको सजाय, यस्तो गम्भीर छ कसुर

प्रकाशित
1.5K
SHARES

काठमाडौँ । पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृु’त्युु’ण्ड’को सजाय सुनाएको छ । मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मु’द्दा’मा मृ’त्युद’ण्डको सजाय सुनाएको हो । लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २-१ को हिसाबमा मृ’त्यु’दण्ड दिइएको हो ।

फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ। पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफ’वि’रुद्ध सन् २०१३ देखि देशद्रोहको मु’द्दा चलिरहेको थियो ।

यस्तै नेपालका लागि भारतका राजदूत मन्जीव सिंह पुरी यतिबेला नेपालका मन्त्री तथा शीर्ष नेताहरुसँग विदाइ भेटघाटमा ब्यस्त छन् । पुरीको नेपाल बसाइ यही डिसेम्बर ३१ बाट सकिदैछ । कार्यकाल सकिने भएपछि उनी आफ्नो तीन बर्षे कार्यकालको समिक्षा र भेटघाटमा व्यस्त भएका हुन । राजदूत पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर बिदाई भेट गरे । आज(पुस १ गते) उनले विदाइ भोज पनि आयोजना गरेको बु्झिएको छ ।

उनी सन् २०१७ को मार्च २५ का दिन नेपालको लागि भारतको राजदूत बनेर आएका हुन् । उनी पुसको १५ मा स्वदेश फर्किने कार्यक्रम तय भएको दुताबास स्रोतले जानकारी दिएको छ । पुरीको कार्यकाल सकिए पनि नयाँ राजदूत को आउने भन्ने निश्चित भएको छैन । यद्यपी, नेपालमै काम गरेर फर्किएका वा नेपालबारे जानकारी कोही पनि कूटनीतिज्ञलाई नेपालका लागि नयाँ राजदूत सिफारिस हुने निश्चित ।

त्यतिमात्र होइन पछिल्लो समय नेपालसँग सीमा विवादलगायतका कारण विग्रिएको सम्बन्धलाई सन्तुलित ढंगबाट भूमिका निर्वाह गर्नसक्ने कुटनीतिज्ञलाई नेपालको राजदूत पठाउने भारतीय तयारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमीत शाह नेपालका लागि नयाँ राजदूत पठाउन आफैं सक्रिय भएर लागेको बुझिएको छ स्रोतका अनुसार नेपालका लागि नयाँ राजदूतमा तीन जनाको नाम चर्चामा छ ।

अहिले सिंगापुरका लागि भारतका हाइकमिसनर जाभेद असरफको नाम अग्रपंक्तिमा छ । त्यस्तै अखिलेश मिश्र र गोपाल बागले पनि चर्चामा छन् । उनीहरु सबैले काठमाडौंको दुतावासमा बसेर काम गरिसकेका छन् । मिश्र र बागले दूतावासको प्रेस एण्ड कल्चरल शाखामा थिए भने असरफ आर्थिक कन्सुलरको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया