आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विद्या भट्टराईले लिइन् सांसदको शपथ

प्रकाशित
1.2K
SHARES

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् ।

दिवंगत नेता अधिकारीकी पत्नी सत्तारुढ नेकपाबाट कास्की २ को उम्मेदवार बनेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै संघीय संसदको सांसदमा निर्वाचित भएकी भट्टराईले आफू कास्कीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताइन् । ‘उपनिर्वाचनमार्फत संघीय सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गर्दा मैले मुख्यतः २ वटा जिम्मेवारी पूरा गर्नुपर्ने सम्झिएकी छु,’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भट्टराईले भनिन्, ‘पहिलो विकास र त्यसपछि नीति निर्माणलाई प्राथमिकता दिन्छु भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।

प्रतिक्रिया