आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बागचीलाई दिइयो २७ लाख नेपाली राशीको डिएससी पुरस्कार

प्रकाशित
1.5K
SHARES

पोखरा । दक्षिण एशियाली साहित्य पुरस्कार (डिएससी) अमिताभ बागचीको पुस्तक ‘हाफ अफ द नाइट इज गन’ले पाएको छ । पोखरामा जारी आइएमई नेपाल लिट्रेचर फेस्टिभलको अन्तिम दिन किताबका लेखक बागचीलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार राशी २७ लाख ५० हजार रुपैयाँ अर्थात २५ हजार अमेरिकी डलर रहेको छ । दक्षिण एशियाली मुलुकमा वितरण गर्दै आइएको यो पुरस्कार पहिलो पटक नेपालमा वितरण गरिएको हो । दक्षिण एशियाली समाजको गुणस्तर अभिबृद्धिमा क्रियाशिल दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले यो पुरस्कार प्रदान गर्दै आएको छ । बागची डिएससी पुरस्कार थाप्ने ८ औं लेखक हुन् ।

उनी संगै डिएससी पुरस्कार छनौटका लागि ६ कृति परेका थिए । मंसिर २७ देखि ३० सम्म फेवा किनार बाराही घाटमा सुरु भएको साहित्य महोत्सवमा स्वदेशी तथा विदेशी लेखक सहित हजारौं साहित्यप्रेमी पत्रकार, समालोचकको समेत उपस्थिति रहेको थियो ।

आगामी दिनहरुमा डिएससी पुरस्कार नेपालको पोल्टामा पनि पर्न सक्ने अपेक्षा आयोजकले लिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि कार्यक्रमको अन्तिम सेसनमा पुरस्कार वितरण गर्न सहभागी थिए । महोत्सव मङ्सिर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा भएको थियो ।

महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला भएका थिए । महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन गरेका थिए ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल साहित्य महोत्सवले कला, साहित्यको मात्रै प्रावधान मात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको छ ।

प्रतिक्रिया