आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थाहा पाउनुहोस् यस्तो छ आजको मौसम

प्रकाशित
1.1K
SHARES

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएसँगै मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि नभएको महाशाखाले जनाएको छ । पश्चिमी प्रणालीका कारण शुक्रबार पानी परेको थियो । त्यसपछि हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । काठमाडौंमा आज बिहान ६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

महाशाखाका अनुसार आज देशको अधिकांश स्थानको मौसम सफा रहेनछ । भोलि मंसीर ३० गते (सोमबार) दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १ गते (मंगलबार) दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै पौष २ गते (मंगलबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। भने राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने ।

यसैबीच उता जुम्ला, कालिकोट र आसपासका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि सामान्य जनजीवन प्रभावित भएको छ।  हिमपातका कारण बालबालिका, ज्येष्ठ नागरिक र घरबाहिर काम गर्ने मजदुरहरू प्रभावित भएका छन्। विद्यालयका वार्षिक परीक्षा पनि प्रभावित भएको छ। भने हवाई यातायात रोकिएको छ भने बजार सुनसान छ र मानिसहरू घरभित्रै आगो तापेर बसिरहेका छन्।

मौसमविद्का अनुसार अहिलेको प्रतिकूल मौसमी अवस्थामा सुधार भएपनि जाडो महिना भएकोले अझै केही साता तापक्रम भने घट्ने क्रममा नै रहने छ। पानी परेपछि काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । मनाङमा भने अत्यधिक चिसोका कारण धारा तथा तालको पानी जमेको छ ।

प्रतिक्रिया