आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पौडेल समूहद्वारा केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार, संस्थापन पक्षले प्रस्तावमाथि छलफल गर्ने

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमतिको प्रयास तीब्र भएको छ । १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग राख्दै वरिष्ठ नेता पौडेलको समूहले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । त्यसको भोलिपल्ट सभापति शेरबहादुर देउवाले पौडेललाई भेटे भने उपसभापति विमलेन्द्र निधिले पौडेल समूहको वार्ता टोलीसँग छलफल गरेका थिए । निधिले आइतबार विहानै महामन्त्री शशांक कोइरालालाई भेटेका छन् । दुई नेताबीच सकारात्मक कुराकानी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

स्रोतका अनुसार नेविसंघ र तरुण दलको नेतृत्व, केन्द्रीय विभागहरु गठन र १४ औं महाधिवेशनको कार्यतालिकाबारे सहमति खोज्न दुबै नेता सहमत छन् । यद्यपि यसबारे संस्थापन पक्षले चारै विषयमा ठोस प्रस्ताव राखेको छैन । पौडेल समूहले भने १४ औं महाधिवेशनको कार्यतालिकालाई जारी केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेण्डा बनाउनुपर्ने अडान लिएको छ । निधिले भेटेपछि महामन्त्री कोइरालाले पौैडेल समूहको वार्ता टोलीसँग कुराकानी गरेका थिए । संस्थापन पक्षसँग कुनै सहमति नभइसकेको भन्दै नेताहरुले बैठकमा नजाने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज (आइतबार) बस्दैछ । गत शुक्रबार बोलाइएको बैठकमा पौडेल पक्षधर नेताहरु अनुपस्थित भएपनि बैठक आजलाई सारिएको थियो । आजको बैठकमा पनि बरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्य बैठकमा सहभागी नहुने भएका छन् । आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

पौडेल समूहमा रहेका २५/२६ जना आज बोलाइएको बैठकमा नजाने भनेपछि केन्द्रीय समिति बैठक अन्यौलमा परेको छ । उनीहरुले बैठकको कार्यसूची अघि नै तय गर्नुपर्ने नभए बैठकमा सहभागी नहुने पौडेल पक्षधर नेताहरुको अडान छ । यद्यपी संस्थापन पक्षले पनि सबैलाई मिलाएर बैठक सञ्चालन गर्ने तयारी गरेको छ ।

आजै उपसभापति निधि र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । छलफल सकारात्मक भएको र दुवै पक्षबीच नेविसंघ, तरुण दल, केन्द्रीय विभाग गठन तथा १४ औं महाधिवेशनको कार्यतालिकाका सहमति जुटाउन प्रयास रत रहेको नेताहरुको दाबी छ ।

यसैबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठक भने सञ्चालन हुने बताएका छन् । उनले असहमतिका बुँदामा सहमति खोजिने र बैठकमा छलफल अघि बढाउने बताए । बैठकमा प्रस्तावमाथि बैठकमा छलफल हुने शर्माले बताए।

प्रतिक्रिया