आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महंगो व्याजमा रकम लगाउने व्यवसायी राजेशको घरमा बि’स्फो’ट भएपछि पुर्वभरी आ’तं’क

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । स्थानीयहरूलाई ऋणदिएर महंगो व्याज उठाउने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमका राजेश साहको घरमा गएराती ब’म बि’स्फो’ट भएपछी पुर्वभरी आतंक फैलिएको छ । पूर्वका जिल्लाहरुमा पछिल्लो समय ब’म भेटिने तथा बि’ष्फोट हुने क्रम बढेपछि आ’तं’क सिर्जना भएको हो । स्थानियाहरुका अनुसार खास गरेर सरकारी कार्यालयहरुलाई लक्षित गरेर ब’म राख्ने तथा बि’ष्फो’ट गराउन थालिएको छ । यसले सार्वसाधारणमा त्रास बढेको प्रहरीले जनाएको छ ।

बिगत केहि दिनदेखि पूर्वका विभिन्न जिल्लाहरुमा ब’म भेटिने गरेका थिए । शुक्रबार राति साहका घरमा बि’ष्फोट भएकै समयमा सिरहामा एक गाउँपालिकाको कार्यालयमा पनि बि’ष्फोट’ भएको थियो । लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति ११ बजेतिर भएको बि’ष्फो’टबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको छ भने जस्तापाता उडेको छ ।

यस्तै २३ मंसिरमा महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणमा पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर ब’म भेटिएको थियो । ब’मलाई नेपाली सेनाको ब’म टोलीले निष्कृय गरेको थियो । यसअघि १३ मंसिरमा सिरहाको धनगढीमाई नगरपालिका १० मा पनि प्रेसर कुकर ब’म फेला परेको थियो । प्लाष्टिकको झोलामा राखिएको ब’मलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो ।

यस्तै १२ मंसिरमा महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका सत्तारुढ नेकपाका नेता विक्रम चौधरीको घरमा बि’ष्फो’ट हुँदा सामान्य क्षति भएको थियो । यस्तै २६ कात्तिकमा इशनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा बि’ष्फो’ट भएको थियो । उक्त घटनामा परी प्रहरी जवान रंजित कुमार घाइते भएक थिए । यस्तै २७ असोजमा कर्जन्हा नगरपालिका ३ स्थित कमला नदीको छेउमा सकेट ब’म फेला परेको थियो ।

गएराति शाहको घरमा भएको ब’म बि’स्फो’टको जिम्मा अहिलेसम्म कसैले नलिए पनि भ्रष्ट स्थानिय निकाय र केही व्यवसायीहरुलाई निशाना बनाइरहेकाले बिगतमा राखिएका र हिजो बि’स्फो’ट भएको व’म विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनामा नेकपाको संलग्नता हुनसक्ने आशंका गरेर नै प्रहरीले ३ जना नेकपाका स्थानिय कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । हुन त नेकपामाथि प्रतिबन्ध लगाएयता प्रहरीले घटना घटेको नजिक नजिकका स्थानिय र नेकपा समर्थकहरुलाई गिरफ्तार गरेर झुटा मुद्दा लगाउदै फसाउने गरिरहेको आरोप पनि लाग्ने गरेको छ ।

शुक्रबार रातिको घटनामा संलग्न भएको आरोपमा प्रहरीले गाउँ नै घेरा हालेर हंसपुर नगरपालिका वडा नम्बर २ की ४१ बर्षीया ललिता देवी महरा ५१ वर्षीय सीतादेवी महरा तथा मिथिला बिहारी नगरपालिका १ भुतहीका रामशोभित धानुकलाई प’क्रा’उ परेको छ । शुक्रबार राति साहको घरमा राखिएको ब’म बि’ष्फो’ट हुँदा उनीसँगै उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।

राजेन र आनन्दाको घटनास्थलमै र दाहालको उपचारका क्रममा मृत्यु भएको हो। वि’स्फो’टमा राजेशका बावु भिखारी, छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजनाथ महतो घाइते भएका छन् । भिखारीको जनकपुरस्थित प्रदेश अस्पतालमा र अरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मृतक राजेश यहाँका औषधि व्यवसायी हुन् । उनी महेन्द्रनगरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए र उनले महँगो व्याजमा रकम समेत लगाउने गरेको बताइन्छ ।

प्रतिक्रिया