आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै ढलेपछि अस्पताल पुर्याइयो, केछ अवस्था ?

प्रकाशित
2.1K
SHARES

बुटवल । नेकपा मसालका महामन्त्री एवं अर्धभूमिगत नेता मोहनविक्रम सिंह बुटवलमा पैदल हिँड्दै गर्दा एक्कासी लडेर ढलेका छन् । ८४ वर्षीय सिंह शुक्रबार साँझ मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा एक्कासी ढलेका हुन् ।

सडकमा ढलेपछि उनको कालिकानगरस्थित चौराहा हस्पिटल प्रालिमा उपचार गरिएको छ । उक्त हस्पिटलमा सिटीस्क्यान लगायतका परीक्षण गरेर करिब दुई घण्टापछि सिंह राति नै घर फर्किएका छन् ।

स्वास्थ्य परीक्षण गर्दा सबै रिपोर्टहरु सामान्य देखिएको चौराहा हस्पिटल प्रालिका डा. विवेक मल्लले बताए । ‘निधार सामान्य सुन्निएको छ, अरु चोटपटक र समस्या देखिएन,’ उनले भने । बुटवलको चाँदबारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोलेर चौराहातर्फ पैदल जाँदै गर्दा उनी लडेका थिए । रिंगटा लागेर वा अल्झिएर के कारणले उनी लडे भन्ने खुलेको छैन ।

महामन्त्री सिंहलाई अस्पताल पुर्याईएपछि श्रीमती एवं संघीय सांसद दुर्गा पौड्याललगायत राष्ट्रिय जनमोर्चाका नेता-कार्यकर्ता अस्पतालमा पुगेका थिए । जनमोर्चाका नेताहरुले घटना सामान्य भएको बताएका छन् ।

प्रतिक्रिया