आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महेन्द्रनगर बि’ष्फो’टमा संलग्नताकाे आशंकामा ३ जना प’क्रा’उ

प्रकाशित
1.1K
SHARES

काठमाडौं । गएराति धनुषाको महेन्द्रनगरमा भएको ब’म बि’स्फो’टमा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना स्थानिय कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा सीतादेवि महरा, ललिता महरा र रामसोभित गाहा रहेका छन् । उनीहरु तीनै जना नेकपाका स्थानिय कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका ३ जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति वि’स्फो’ट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको ज्यान गएको थियो ।

यस्तै गृहमन्त्री रामबहादुर थापाले धनुषामा गएराति भएको ब’म वि’स्फो’टको घटनामा संलग्नलाई कारवाही गर्ने बताएका छन् । गृहमन्त्री थापाले यस प्रकारको घटनामा संलग्नलाई कानूनी कारवाही गरिछाड्ने बताएका हुन् । सामाजिक सञ्जालमार्फत गृहन्त्री थापाले भनेका छन्,’ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गयराति भएको वि’ष्फो’टमापरि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ ।

मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवहिको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’ स्थानीय राजेश साहको घरको गेटमा राखिएको ब’म वि’स्फो’ट हुँदा राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो ।

सोही वि’स्फो’टमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको छ । यस्तै गएराती नै धनुषा बि’स्फो’टको केहि समयपछि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा ब’म वि’स्फो’ट भएको छ। अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा वि’ष्फो’ट गराएको हो ।

वि’स्फो”टबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी बताए । यसअघि सिरहामा केहीदिन अगाडि धनगढीमाइ नगरपालिकामा पनि ब’म फेला परेको थियो।

प्रतिक्रिया