आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसमा झन् बढ्दै विवाद, पौडेललाई फकाउने देउवाको प्रयास असफल

प्रकाशित
1.1K
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र आन्तरिक विवाद एक पछि बढ्दै गइरहेको छ । पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवासमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पौडेललाई फकाउन सकेका छैन् ।

भेटघाटमा पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् । पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्र्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो ।

त्यसको भोलिपल्ट शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए । भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर दुई नेतावीच सहमति हुन् नसकेपछि काङ्ग्रेस भित्र विवाद झन् बढेको अनुमान गरिएको छ ।

भेटमा पौडेलले विवादका सबै विषयमा आफूसँग नभई वार्ता समितिसँग सम्वाद गर्न आग्रह गरेका छन् । पौडेल समूहले प्रकाशमान सिंह र हृदयराम थानी रहेको वार्ता समिति बनाएको छ भने सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् । नेपाली कंग्रेसमा नेविसंघ र तरुण दल लगायतका भातृ सम्गथानाहरुमा ब्यापक विवाद छ ।

कतिपय संगठनको कार्यकाल समय अवधी सकिए पनि अदिवेशन गर्न सकेका छन् । मूल पार्टीमा पनि विवाद कायमै छ देउवाले सगोलमा विवाद समाधान गर्न खोजेका छन् भने देउवा पक्षले मानि रहेको छैन । केहि दिन अघि विद्यार्थी संगठनका कारण दुई नेताबीचकाे हातहालाहालको अबस्था आउनु, नेविसंघका दुई समुहबीच ढुङगा हानाहान हुनु, केन्द्रीय समितिले आफु खुशी निर्णय दिनु जस्ता विषयले पनि पार्टीका नेताबीच दुरी बढ्दाे छ ।

प्रतिक्रिया