आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा उपत्यका विशेष कमिटीको नाम टुंगियो, एमाले र माओवादीबाट कति-कति जना परे ?

प्रकाशित
1.3K
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको छ । सूची बुझाउँदै उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपा उपत्यका विशेष प्रदेश कमिटी गठनका लागि पार्टी केन्द्रले दिएको जिम्मेवारी बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट सर्वसम्मत तयार गरिएको हो।’

भट्टराईले साबिक एमालेका तर्फबाट ८५ र साबिक मओवादीका तर्फबाट ६६ गरि जम्मा १५१ सदस्यीय कमिटीको नामवाली आज पार्टी महासचिव विष्णु पौडेललाई केन्द्रीय कर्यालयमा हस्तान्तरण गरिएको बताए। उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल छन् भने सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई छन् ।

यसैबीच संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानबाट ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई हटाइने भएको छ । पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको छ ।

साथै ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ’ भन्ने उल्लेख भएकामा अब ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादसम्बन्धी’ हालको बहसलाई संस्थागतरूपमा अन्त्य गर्न खोजिएको देखिन्छ । एकताअघि तत्कालीन नेकपा (एमाले) ले जबज र तत्कालीन नेकपा (एमाओवादी केन्द्र) ले एक्काइसौँ शताब्दीको जनवादको नीति अँगालेका थिए ।

आसन्न स्थायी कमिटीको बैठकमा पेस हुने विधान संशोधनको प्रस्तावमा नेकपाले यसअघिको स्थायी कमिटी र सचिवालय बैठकका निर्णयका आधारमा उपाध्यक्ष पद सिर्जनासहित वैचारिक विषयमा विधानको प्रस्तावनामा परिमार्जन गर्न लागेको हो । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले पारित गरेको यो प्रस्ताव स्थायी कमिटी हुँदै आवश्यकतानुसार केन्द्रीय कमिटी बैठकमा समेत लगिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

विधान संशोधन हुँदा पार्टीको रणनीतिक लक्ष्य ‘वैज्ञानिक समाजवाद’ र तात्कालीक कार्यनीति ‘समाजवादोन्मुख जनवाद’ समावेश हुने उनको भनाइ छ । नेपालको संविधानमा समेत समाजवादोन्मुख समाजको परिकल्पना गरिएको छ । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेको नेकपाको स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते बस्दैछ । त्यसको तयारीका लागि आजका लागि तय गरिएको सचिवालयको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगन भएको छ ।

प्रतिक्रिया