आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पौडेल, सिटौला र सिंहद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार

प्रकाशित
1.3K
SHARES
Sher Bahadur Deuba Ram Chandra Paudel Krishna Prasad Sitaula

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । पौडेलसँगै नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठक उनीहरुले बहिस्कार गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरु बढाउन लागेको, १४औं महाधिवेशनको कार्यतालिकाको प्रस्ताव ल्याउन तयार नभएको भन्दै बैठक बहिस्कार गरेको जनाइएको छ ।

बैठक बस्नुअघि भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापनपक्ष महाधिवेशन सार्ने पक्षमा देखिएपछि असन्तुष्ट नेताहरुले बैठक बहिस्कार गरेको बुझिएको छ । बहिस्कारकाबीच सुरु भएको बैठकमा सभापति देउवाले केन्द्रीय विभाग बढाउने प्रस्ताव गरेको जनाइएको छ । कांग्रेसको विद्यमान विधानमा २८ ओटा केन्द्रीय विभाग रहने व्यवस्था भएपनि देउवाले त्यसमा १७ ओटा विभाग थपेर ४७ ओटा पुर्‍याउने प्रस्ताव गरेको जनाइएको छ ।

यस्तै कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४७ पुर्‍याउने प्रस्ताव प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा देउवाले १७ वटा विभाग थप्ने प्रस्ताव गरेका हुन्। देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ। उनले विभागका नाम प्रस्ताव गर्दै तीनको काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव पनि गरेका छन्। अहिलेसम्म २८ विभाग रहेकोमा त्यसलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव देउवाले गरेका हुन।

देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ। प्रस्तावमा असहमत भएकैले आफूहरुले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य हृदयराम थानीले बताए। बैठकमा देउवाले प्रस्तुत गरेका ९ वटा एजेन्डामध्ये एक तरुण दलको म्याद थपसम्बन्धि छ। तरुण दलको केन्द्रीय समितिले आफ्नो म्याद ६ महिना थप गर्ने निर्णय गरेकोले त्यो प्रस्ताव पारित गर्न पनि देउवाले पेश गरेका छन्।

प्रतिक्रिया