आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युएईबाट टिकट काटेर नेपाल फर्कन किनमेल गर्न गएकी २३ वर्षीया शुकुमायाको निधन

प्रकाशित
2.3K
SHARES

काठमाडौं मंसिर २३ वैदेशिक रोजगारीका लागि युएईमा एक नेपाली महिलाको निधन भएको छ । स्वेदश फर्कने तयारीमा रहेकी नेपाली महिलाको निधन भएको हो । उनी नेपाल फर्कने समय आउन ७ घण्टा मात्र बाँकी छँदा निधन भएको बताइएको छ । चितवन अप्तारी २ की २३ वर्षीया शुकुमाया टमाटाको घर फर्कने बेलामा निधन भएको हो । डिसेम्बर १९ तारिख बिहीबारका दिन नेपाल फर्कने टिकट लिएर सबै तयारी गरेकी टमटाको निधनले नेपालमा उनको परिवार शोकमा डुबेको छ ।

नेपाल उड्नका लागी केही घण्टामात्रै बाँकी रहेको समयमा सुकमायाको युएईमा नै निधन भएको खबर थाहा पाएका उनका चितवनका परिवार शोकमा डुबेको हो । उनी घर फर्कनु अघि केही किनमेल गर्न बाँकी रहेको र त्यही किनमेलका लागि बजार निस्केको समयमा अचानक वेहोस भएर ढलेकी थिइन् । बेहोस भएर ढलेपछि तत्काल अस्पताल पुर्याइएको थियो ।

अजमान स्थित खलिफा अस्पतालमा पुर्याइए पछि उपचारका क्रममा उनको निधन भएको हो । विदा सकाएर दुई महिना अघिमात्रै युएई फर्केकी उनी विहिवार बेहोस भएर ढलेकी थिइन् । मुटुको बिरामी भएको र डाक्टरको सुझाव अनुसार नेपालमै उपचार गराउने योजना अनुसार नेपाल फर्किने तयारी रहेको थियो । उनका पति र ४ वर्षकी छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

डाक्टरले शुकमायालाई सक्दो छिट्टो राम्रो उपचार गराउन सुझाए । डाक्टरको सुझाव अनुसार नै उहाँले नेपालमै उपचार गराउने योजना बनाएकी थिइन् । तर उनले आफ्नो पीडा परिवारलाई भनेकी थिइनन् । दुई वर्ष पहिले यूएई पुगेकी शुकुमायाले नेपाल फर्किने त सोचिन, तर भर्खरै नवीकरण गरेको भिसा कम्पनीले सजिलै रद्द गरेर नेपाल पठाउन सजिलो थिएन । कम्पनीका प्रतिनिधिसँग कुरा गरेपछि नेपाल फर्कन अनुमति मिल्यो ।कम्पनीले भिसा रद्द गरिदियो र एकतर्फी टिकट पनि दियो ।

निको भएर आउन मन भए कम्पनीले फेरि काममा फर्किने बाटो पनि खुल्ला गरिदियो । तर कम्पनीमा फर्कने बाटोको के कुरा, घर फर्कने बाटो नै सधैंका लागि बन्द भयो । मुटुको गम्भीर समस्याले थलिएकी शुकमायाको हृ;द;य;घा;तका कारण ज्यान गएको अस्पतालले पुष्टि गरेको छ ।आफु यहिँ काम गर्ने भएपनि बिहीबार बिहान दिदीको ज्या न गएको खबर उनका भाइ कमलले साँँझ मात्रै थाहा पाए । बिहीबार बिहान नेपाल पुग्नुपर्ने दिदीको निधन भएको खबर सुनेपछि कमल आफैं अर्धचेत अवस्थामा छन् ।

छिमेकी दाइ मनोज बिकको साथमा कमल अस्पताल पुगेका थिए । बिहीबार बिहानै घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफनमा बेरिएको देखेका कमलका आँखा ओभाएका छैनन् । गहभरी आँसु बोकेर कमल आफ्नी दिदी शुकमायाको श व सक्दो छिट्टो नेपाल लैजान लागि परेका छन् । आइतबार नेपाली दूतावास आबुधाबीमा भेटिएका कमलले भने नेपाल गएर उपचार गराउँछु निको भए फेरि कमाउँला भन्नुहुन्थ्यों, संसार नै छाड्नुभयो । कमल राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया