आज : गते

ताजा शिर्षकहरु

सेजलाई प्रयोगविहीन नबनाउन अर्थमन्त्रीको आग्रह

प्रकाशित
1.3K
SHARES

काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् । पाँचखाल नगरपालिका ८ मा निर्माणाधीन सेजको शनिवार निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरे । यसका लागि बजेको अभाव नहुने र बजेट अभावले काम नरोकिने भन्दै उनले यसबारेमा उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेको बताए ।

उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरूलाई झकझकाउन आग्रह गरे। मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकामा दुःखेसो पोखे । उनले भने, ‘बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ। अर्बौं लगानी गरियो । अहिले प्रयोगविहीन अवस्थामा छ। यो निकै दुःखलाग्दो विषय हो।’

मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । ‘सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेष गरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ’, उनले भने ।

चालू आवमा १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा तीन करोडमा पर्खाल निर्माण भइरहेको छ। सेज निर्माणका लागि नगरपालिकाको वडा नं ७ र ८ स्थित पाँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको छ ।

यस्तै धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो ।

साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो ।

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए । सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुग्यो । कूल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अङ्कले बढेर एक हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए ।

साताभर नेप्सेमा विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत भए ।

प्रतिक्रिया