आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज दिनभर काठमाडौंका कुन-कुन रुटमा सवारीसाधन चलाउन मिल्दैन ? हेर्नुहोस बिस्तृतमा

प्रकाशित
1.8K
SHARES

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज (शनिबार) बिहान उपत्यकाभित्र म्याराथन दौड भएकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७:०० देखि ११:०० बजेसम्म म्याराथन दौड हुँदा उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले एक सूचना नै जारी गरेको छ ।

म्याराथन दौड शनिबार बिहान ७: ०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन भएको छ ।

यस्तै महाशाखाले शनिबार बिहान ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे । यस्तै १३औं सागको पुरुष क्रिकेटमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल पौने १० बजेबाट शुरु भएको हो ।

जारी सागको क्रिकेटमा स्वर्ण पदक दाबेदार बङ्गलादेशलाई पराजित गर्न सके फाईनलमा पुग्नेछ। नेपालले यसअघि इमर्जिङ कपमा बङ्गलादेशबिरुद्ध पराजित भएको थियो। पाँच राष्ट्र सहभागी साग पुरुष क्रिकेटको पहिलो खेलमा नेपाली क्रिकेट टोली श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो। त्यसपछि भने नेपालले भुटान र माल्दिभ्सको क्रिकेट टोलीमाथि सहज जीत निकालिसकेको छ।

शीर्ष दुई टोलीमा पर्न आजको खेलमा नेपालले जसरी पनि जित्नुपर्ने हुन्छ। स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनै बाँकी छ। आजको खेल हारेमा नेपालको स्वर्ण सम्भावना सकिनेछ। जारी सागमा लगातार तीनवटा खेल जितेर ६ अङ्क जोड्दै श्रीलङ्का अङ्क तालिकाको शीर्ष स्थानमा छ।

बङ्गलादेशले २ खेलबाट ४ अङ्क जोडेको छ। यी दुबै राष्ट्रका यु–२३ टोलीले अहिलेसम्म कुनै खेल हारेका छैनन्। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले तीन खेलमध्ये दुईमा जीत र एकमा हार ब्यहोर्दै ४ अंक जोडेको छ। माल्दिभ्स र भुटानले पनि यसअघिका सबै खेलमा पराजय भोगेका छन्।

प्रतिक्रिया