आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सत्ताधारी दलका अध्यक्ष प्रचण्डको घोषणा : अब समयमै बाटो बनेन भने,म साँच्चै अनशन बस्छु

प्रकाशित
1.3K
SHARES

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब समयमै बाटो बनेन भने आफू अब साँच्चै अनशन बस्ने बताएका छन्। सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने येही अवस्था रहेको भन्दै उनले प्रदेश नम्बर २ को पिपरामा बाटो बनेन भने अब साँच्चै अनशन बस्ने बताएका हुन्।बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका प्रचण्डले आफ्ना कुरा राख्दै पत्रकारहरूसँग कुराकानी गर्दै आफू अनशन बस्छु भनेपछि जनतामा भरोसा भएको समेत दाबी गरेका छन्। उनले पिपरामा बाटो नबने अब अनशनमा बस्ने बताएका हुन्। प्रचण्डले मंसिर १० गते निजगढमा नेकपाले गरेको कार्यक्रममा मधेशका जनताले दुस्ख पाए अब अनशन बस्ने बताएका थिए। प्रदेश नम्बर २ को विकासमा ठेकेदारका कारण पनि एकदम ढिलासुस्ती भएको भन्दै प्रचण्डले त्यसबेला अनशन बस्ने कुरा बताएका थिए।

स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओली बालुवाटार फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता हुनुभएको छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।

“सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभयो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो । प्रधानमन्त्री ओलीको उपचारमा उहाँका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरमा जानुभई आजै प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया