आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त, आयोगले लुकायो यी कुरा

प्रकाशित
1.1K
SHARES

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको लागि लागू भएको आचारसंहिता समाप्त भएको जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी कात्तिक ८ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आयोगको मङ्सिर १७ गतेको निर्णयानुसार कार्यान्वयनको समय समाप्त भएको आयोगले जनाएको छ ।

आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारणबमोजिम विभिन्न राजनीतिक दल तथा उम्मेदवारले आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारको सामग्री हटाएको हुनुपर्ने व्यवस्थाअन्तर्गत ब्यानर, तुल, झण्डा, पर्चा आदि हटाई वातावरण स्वच्छ र सफा राख्ने कार्य भएको छ भन्नेमा विश्वस्त रहेको जनाएको छ ।

सम्बन्धित जिल्ला निर्वाचन अधिकारीले यस कार्यको अनुगमन गरी आयोगमा प्रतिवेदन पठाउन निर्देशन गरिएकोआयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदन प्राप्त भएपछि यस व्यवस्थाबमोजिम प्रचारप्रसार सामग्री नहटाउने राजनीतिक दल तथा उम्मेदवारको अभिलेख आयोगमा राखिनेछ । आयोगले उपनिर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै मतदानमा सहभागी हुने सम्पूर्ण मतदाताको सहभागिताका लागि आभार प्रकट गरेको छ ।

मङ्सिर १४ गते देशभर उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन आयॉगले जनाएको थियो । कास्कीका केही स्थानमा सामान्य घटना भए पनि निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयॉगले जनाएको थियो।

निर्वाचन आयोगका अधिकारीका अनुसार ६५.४३ प्रतिशतको बीचमा मतदान भएको छ । निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमादेशका विभिन्न ठाउँमा भएका विस्फोटका घटनालाई लुकाउन खोजिएको थियो ।

उपनिर्वाचनलाई लक्षित गरी दाङ्ग र पोखरामा विस्फोटन गराइएको थियो। दाङ्गको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षका लागि भएको मतदानलाई लक्षित गरी बाहुनडाँडामा विस्फोटन गराइएको हो।

बिहान ठूलो विस्फोटन भएपछि सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका थिए। विस्फोटनबाट कुनै क्षति भने नभएको रिजालले बताएका थिए।

त्यस्तै कास्की क्षेत्र नम्बर २ को मतदानस्थलनजिकै शनिवार बिहान बम पड्किएको थियो। त्यहाँ कोही हताहत नभएको भए पनि केही बेर मतदान रोकिएको अधिकारीहरूले बताएका थिए।

प्रतिक्रिया