आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुरुषहरुका लाग खुसीको खबर बन्यो संगीनी भन्दा ख’त्तरा सुई एक पटक लगाए १५ वर्ष ढुक्क

प्रकाशित
52.8K
SHARES

काठमाडौं । बढ्दो जनसंख्या नियन्त्रण गर्नका लागि विश्वमा अनेक तरिका अपनाउन थालिएको छ । जनसंख्या बढ्दै जाँदा गरिबी र बेरोजगारीजस्ता समस्या पनि सँगै बढ्न थाल्छन् । अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेको हामीलाई थाहा थियो । संगीनी सुई महिलाहरुले एक पटक लगाए तीन महिनासम्म ढुक्क हुन्छ ।

तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएको दावा गरेका छन् । त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने जानकारी दिइएको छ । भारतीय वैज्ञानिकहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले तयार पारेका हुन् । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म असर हुन्छ ।

उक्त सुईको प्रयोग भारतको पाँचवटा राज्यमा भइसकेको छ । जानकारी अनुसार दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको छ । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउने भनिएको छ । यसको लागतबारे कुनै चर्चा गरिएको छैन । एजेन्सी

प्रतिक्रिया