आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोहलपुर नगरपालिकामा शक्तिशाली ब’म बिस्पोट

प्रकाशित
873
SHARES

नेपालगंज । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा शक्तिशाली बि’स्पोट भएको छ । नगरपालिकाको वडा नं. ६ मा हुन लागेको उपचुनावलाई लक्षित गरेर शुक्रबार मध्यरात २ बजेको समयमा विस्पोट भएको हो ।

बिस्पोट कुन किसिमको र कति शक्तिशाली हो भन्ने नखुले पनि कोहलपुरको पुरै भु-भाग थर्किने गरेर आवाज आएको स्थानियले वताएका छन । यसवाट स्थानिय मतदातामा एक किसिमको त्रास उत्पन्न भएको छ ।

विस्पोटको जिम्मा कसैले नलिए पनि चुनाव वहिस्कार गर्ने समुहको हात रहेको आशंका गरिएको छ । कोहलपुर नगरपालिका वडां न. ६ मा वडा अध्यक्ष पदको लागि अहिले मतदान भइरहेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले अहिले सौहार्दपूर्ण वातावरणमा मतदान जारी रहेको जानकारी दिए ।

उनले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको बताउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे । कोहलपुर ६ को मतदान कोहलपु्र नगरपालिका ५ को सिद्धार्थ आधारभुत विद्यालयमा भइरहेको छ।

कोहलपुर ६ मा २ हजार २६ जना मतदाताहरु रहेका छन् । मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्नेछन् । ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्नेछन् ।

प्रतिक्रिया