आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगिन राष्ट्रपति भण्डारी, गरिन स्वास्थ्य लाभको कामना

प्रकाशित
1.6K
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री उपचाररत त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटका अनुसार बिहीबार साँझ ७:४० बजे महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मै पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा आइरहेको सुधारप्रति खुसी ब्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेका छन्। चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको सुनाएपछि राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरेकी थिइन् ।

यसैबीच विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छन् । त्यसका लागि राष्ट्रपति भण्डारी जनकपुर प्रस्थान गर्दैछिन् । साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यसअघि जनकपुरको जानकी मन्दिरमा उनले पूजापाठ पनि गर्नेछिन् । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीहरु बुधबार साँझ महोत्तरीको नाकाबाट नेपाल प्रवेश गरेका थिए । रामकलेवा विधि सम्पन्न भएपछि उनीहरुलाई बस्त्र आभूषणसहित बिदाई गरिन्छ ।

प्रतिक्रिया