आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रकाशित
1.2K
SHARES

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयले जनाएको छ । उनीहरु हङकङबाट नेपाल आएका थिए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरु नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्‍याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समयसमयमा सुन बरामद हुँदै आएको छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर ६ को लक्ष्मीनारायण मन्दिर परिसरबाट नियन्त्रणमा लिएको हो ।

यस्तै अदालतले तोकेको ७५ रुपैयाँ जरिवाना नतिर्दा विराटनगरबाट १६ जना पक्राउ परेका छन् । जुवा मुद्दामा जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जना ५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्वर ६, ७ र ११ का हुन् ।

जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ जना विरुद्ध जनही ७५ रुपैयाँका दरले जरिवानाको फैसला भएको थियो । फैसलापछि जरिवाना नबुझाएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पक्राउ गरी सोमबार अदालतमा बुझाएका थियो । अदालतको फैसला कार्यान्यव अभियान अन्तरगत जुवा मुद्दामा फरार रहेकाहरुसहित अन्य मुद्दामा दोषी ठहर भई भागीरहेका ४६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

७५ रुपैयाँ जरिवाना नबुझाएका कारण उनीहरु एक दिन प्रहरी नियन्त्रणमा बसेका थिए । प्रहरीले जुवा मुद्दामा फरार रहेका विराटनगर– ६ का अरुण सहनी, पिन्टु पाशवान, विरेन्द्र सहनी, रबिकुमार मुखिया, बिमल मुखिया, विराटनगर ७ का सत्यनारायण भगत, विराटनगर ११ का सम्भु सहनी विराटनगर– ६ कै हरिशचन्द्र सहनी, रामथान साहलाई पक्राउ गरेको थियो ।

त्यस्तै विराटनगर ११ का श्यामबहादुर साह, दिलिप सहनी, विराटनगर ६ का नागेन्द्र दास, महमद स्वराती, सागर शर्मा, सञ्जय शर्मा, सञ्जय महतो र विराटनगर ७ का अरुण सहनी पक्राउ परेका थिए । उनीहरु जनही ७५ रुपैयाँ जरिवाना बुझाएर छुटेका छन् ।

प्रतिक्रिया