आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुर्घटनामा आमा बुटबलको अस्पतालको शैयामा अवस्था गम्भिर, बाँचेकी ४ वर्षिय एन्जिला ?

प्रकाशित
1.3K
SHARES

हिजो अर्घाखाँची भएको बस दुर्घटनाबाट एउटा तस्विर बाहिरियो । बेलुका ९ बजेतिर सामाजिक सञ्जलामा आएको सो तस्विर निकै नै मर्मस्पर्शी थियो । दुर्घटनामा घाइते भएकी एक बालिका होस आएपछि मम्मी मम्मी भोक लाग्यो भन्दै चिच्याउँदैछिन् । उनकी ममतामयी आमा कहाँ छिन् थाहा छैन । कसैले यी बालिकालाई चिन्नुहुन्छ भने तल दिइएको सम्पर्क नम्बरमा समपर्क गरिदिनुहोला भन्दै क्याप्सन लेखिएको तस्विर केही घन्टामा फेसबुकमा भाइरल भयो ।

अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा बाँचेकी यी बालिकाको पहिचान भएको छ । उनको परिवारको समेत पहिचान भएको छ । सन्धिखर्कबाट बुटवलका लागि हिँडेको उक्त बसमा सवार यी बालिकाको नाम एन्जिला भट्टराई पौडेल हो । ४ वर्षिय एन्जिलाको आमा यतिबेला बुटवलस्थित चौरह अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।बुटवलस्थित चौरह अस्पतालको आइसियुमा एन्जिलाको आमा अमृता पौडेल भट्टराईको अवस्था कस्तो छ भनेर सम्पर्क गर्दा अस्पतालले बताउन चाहेन । यद्धपी उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जानकारी दियो ।सन्धीखर्च नगरपालिका वडा नम्बर १२ वाङ्ला घर भएकी उनको परिवारले प्रहरीको काखबाट एन्जिलालाई आफ्नो घर लगिसकेको छ ।

अर्घाखाँची बस दुर्घटना अपडेट : यी हुन् ज्यान गुमाउने १९ जना (नामावलीसहित)
अर्घाखाँची – अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

प्रतिक्रिया