आज : गते

ताजा शिर्षकहरु

विद्यार्थीको रकम फिर्ता गर्ने, गिरफ्तार गर्छु भनेपछि झुके निजी मेडिकल कलेज !

प्रकाशित
1K
SHARES

काठमाडौं । तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा आएका छन् । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय लिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी हुनुहुन्थ्यो ।

सरकारी चेतावनीपछि शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालकसँग वार्ता भएर विभिन्न बुँदामा सहमति भएको हो । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका अधिकारी तथा निजी मेडिकल कलेजका सञ्चालक वार्तामा सहभागी हुनुहुन्थ्यो । सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका थिँए ।

प्रतिक्रिया