आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो

प्रकाशित
1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

एपेन्डिसाइटिस लागेको कसरी थाहा पाउने ?
एपेन्डिसाइटिसको शुरुवाती लक्षण भनेको पेट दुख्नु नै हो । नाइटो वरपर अचानक पीडा शुरु भएर यस्तो पीडा विस्तारै पेटको दाहिनेतिर सर्दै जान्छ । कतिपय व्यक्तिलाई वान्ता हुने समस्या पनि हुन्छ । विस्तारै भोक नलाग्ने, निद्रा नलाग्ने, अनुहार रातो हुने समस्याहरु आउँछ । कतिपय व्यक्तिले यस्तो दुखाइका बेला दुखाइ कम गर्ने औषधि समेत सवेत गर्ने गर्छन् । तर, चिकित्सकहरु औषधि सेवन गर्दा झन समस्या बढ्न सक्ने बताउँछन् । एपेन्डिसाइटिसको समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउनु नै उत्तम विकल्प हुने पेट रोग विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेत बताउँछन् ।

एपेन्डिसाइटिस भएका बिरामीको पेटको शल्क्रिया गरेर ठूलो आन्दामा जोडिएको एपेन्डिक्समा रहेको फोहोर पदार्थ र संक्रमणको भाग निकाल्नुपर्छ । पेन्डिसाइटिस भएका बिरामीको तत्काल उपचार नगरिए यसले दीर्घकालीन रुपमा असर पुर्‍याउँछ । तत्काल उपचार नभए एपेन्डिसाइटिसबाट बिरामीको मृ’त्यु समेत हुनसक्छ ।

एपेन्डिसाइटिस एक्युट र क्रोनिक दुई प्रकारको हुन्छ । एक्युट एपेन्डिसाइटिस भएमा यसको विकास तीव्र गतिमा हुन्छ । शुरुमा यसको पहिचान गर्न गाह्रो हुने भएकाले सर्जरी नै गर्नुपर्ने हुन्छ । एपेन्डिक्समा जीवाणुको संक्रमण दिसा वा अन्य कुराहरु अड्किदा जोखिम हुन्छ । जसले गर्दा बिरामीको मृत्यु नै हुन्छ । यस्तै क्रोनिक एपेन्डिसाइटिस हुँदा पेट लामो समयसम्म दुख्छ । यसले एपेन्डिक्स र मलद्वार सुनिने समस्या निम्त्याउँछ । एपेन्डिसाइटिसको उपचार पेट चिरेर गरिने शल्यक्रिया वा ल्याप्रोसकोपीद्धारा पेट नचिरी पनि निकालिन्छ ।

प्रतिक्रिया