आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आलमले थुनाभित्रै बसेर अर्को नरसंहारको योजना बनाएको खुलेपछि…

प्रकाशित
22.6K
SHARES

२३ जना युवालाई ज्युँदै इटाभट्टामा जलाएर हत्या गरेको प्रकरणमा जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका काँग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई रातारात काठमाण्डु ल्याइएको छ ।

रौतहटमा राख्दा आलमले पैसाको आडमा आपराधिक समूह परिचालन गरी शान्ति सुरक्षामा खलल पार्न सक्ने देखिएपछि उनलाई गाएराति काठमाण्डु ल्याइएको हो । थुनछेक बहस सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई कारागारमा राखेर घटनाको थप अनुसन्धान गर्न शुक्रबार आदेश दिएको थियो ।

२०६४ साल चैत २७ गते निर्वाचन प्रभावित पार्न आफैंले खटाएका मानिसहरु बम बनाइरहेका बेला विस्फोटमा परेर घाइते भएपछि आलमले २३ जनालाई जिउँदै इटाभट्टामा जलाएर मारेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रौतहले हदैसम्मको कारबाही माग गर्दै उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो । आलमलाई नख्खु कारागारमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले आलमलाई राति नै नख्खु पु¥याइएको जानकारी दिए ।

प्रतिक्रिया