आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीसँगको मिलेमतोमा नै भारतले नक्सा सार्वजनिक गरेको हो – देउवा

प्रकाशित
1K
SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरेका हुन् । सओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले कालापानीमा घुँडा टेकेको बताए । देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ ।’ लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै दर्उवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ ।’

उनले ओली सरकार राष्ट्रवादी सरकार नभएको र जताततै भ्रष्टार बढाउने काम सरकारले गरेको आरोपसमेत लगाए । देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन्। उनले केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको स्पष्ट पारे। सभापति देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाए। सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारे। उनले अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको बताए। उनले उम्मेदवार खेमराज पौडेललाई तपस्वी नेताको संज्ञा दिए। साथै खेमराजको सम्मानका लागि अत्यधिक मत दिएर जिताएर पठाउन आग्रह गर्दै नेता पौडेलले खेमराजको जितसंगै मुलुकको मुहार फेरिने दावी गरे।

उनले भने, ‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्, अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिंडाउन पनि सघाउँछन्।’ महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागिपरेको आरोप लगाए। ‘सरकार मुलुकको हितमा, जनताको हितमा, लोकतन्त्र, संविधानको हितमा, संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिनका लागि पनि यो चुनाव कांग्रेसले नै जित्न आवश्यक छ।’

प्रतिक्रिया