आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सीमा सुरक्षा बैठकमा किन उठेन कालापानीको विषय ? यस्तो रहेछ कारण

प्रकाशित
1.6K
SHARES

काठमाडौं । नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा सम्पन्न सीमा सुरक्षा बैठकमा भने विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेश पाएन । बैठकमा उक्त विवादबारे कुनै एजेण्डा नै बन्न सकेन । नेपालभर भारतीय अतिक्रमणको बिरोध भइरहेका बेला नेपालमै बसेको नेपाल भारत सिमा सुरक्षा बैठकमा कुनै छलफल नै हुन नसक्नु दुखद बिषय हो ।

स्रोतले दिएको जानकारी अनुसार छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा मात्रै केन्द्रित भयो । तर हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै नै तय हुने भएका कारण उक्त विषयमा छलफल हुन नसकेको नेपाली प्रतिनिधिहरुको भनाइ छ ‘हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुन्छ । त्यो विषय एजेण्डामै थिएन’, स्रोतले भन्यो ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय भएको छैन । टोली बिहीबारै काठमाडौं फर्किएको थियो भने शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको छ । टोली शनिबार भारत फर्किनेछ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो ।

यसअघि बिहिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्सनतिर सरकार लागेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उनले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताए । “अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठेका छन्”, उनले भने, “त्यो हाम्रो भूमि हो । तथ्य प्रमाणले हाम्रो भूमि भनेर देखाउँछ ।” उनले सयौँ वर्षदेखि त्यसमा ध्यान नजाँदा नेपालको त्यो भूमि भारतले दाबी गरेको बताए ।

“हामी कहिले सिमानामा चिप्लियौँ । हामी आफैँ पनि चिप्लियाैँ, कहिले हामी आफैँ पनि नक्शामा चिप्लियौँ । कहिले बोल्न नसक्ने हीनगन्थ्रीबाट ग्रस्त भयौँ । यस्ता अवस्थाबाट अहिले देश माथि उठेको छ”, उनले भने, “अब यसलाई गम्भीर वार्ताको माध्यमबाट हामी हाम्रा छिमेकीसँग कुरा गरेर हामीले हाम्रो अधिकार स्थापना गर्छौं । हामी हाम्रो भूमि फिर्ता लिन सक्छौँ ।” कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तासम्बन्धी विवादको समाधानबाट नेपाल र भारतजस्ता दुई पुराना ऐतिहासिक छिमेकीको सम्बन्ध सुमधुर र राम्रो हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया