आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारका प्रवक्ताले कांग्रेसलाई यस्तोसम्म प्रश्न सोधेपछि ओली-प्रचण्ड नै तिनछक, नेकपामा तरंग

प्रकाशित
1.9K
SHARES

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काँग्रेसलाई जवाफ दिन मन्त्रिपरिषद फेरबदल नगरिएको बताएका छन् । बिहिबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले मन्त्री फेरबदलको कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको र काम गर्न नसकेर मन्त्री नहटाएको उल्लेख गरे । उनले सबै पूर्वमन्त्रीलाई राम्रो कामका लागि प्रधानमन्त्रीले धन्यवाद दिएको उल्लेख गरेका छन् ।

उपनिर्वाचनका सन्दर्भमा काँग्रेसले निकालेको निर्वाचन प्रतिबद्धतापत्रमा काँग्रेसले सरकारलाई लगाएको २१ आरोपबारे बोल्दै उनले काँग्रेसलाई विकास गरेर जवाफ दिने बताए । उनले काँग्रेसका आरोपहरु आफूलाई सन्तुष्टि लिनका लागि भएको बताए । उनले भने– ‘उपनिर्वाचनमा सन्र्दभमा तुष्टिका लागि लगाएका आरोपहरु हुन् यी ।’

उनले काँग्रेसका पालामा सबै राम्रो भएको थियो भन्ने प्रश्न गर्दै काँग्रेसलाई प्रश्न गरे– ‘के सुन तस्करी केपी ओलीको पालमा भएको हो ? लाउडा धमिजा पनि कुन बेलामा भएको ?’ उनले बालुवाटार जग्गा, वाइडबढी काण्डमा सरकारले छानविन गरिरहेको र तिब्र आर्थिक बृद्धि, छिमेकी देशहरुसँगको कनेक्टिभीटमिा हात हालेको बताए ।

२१ महिनामा २१ कमजोरी मात्र हैन जनताले देखाएको कमजोरी सुधार्दै जाने उनले बताए । उनले काँग्रेसलाई प्रश्न गरे– ‘चाँदीको किस्तीमा प्रजातन्त्र दरबारमा कसले बुझायो, नेपाली यूवालाई विदेशी भूमिमा पुग्ने वाताबरण कसले बनायो ? हात माथि पर्दा तरबार, तल पर्दा म्याउँ नगरोस् कांग्रेस ।’ उनले सरकारका बारेमा बोल्न भन्दा पनि अफताव आलम बारे बोल्न काँग्रेसका प्रवक्तालाई सुझाव दिए ।

उनले भने– ‘महराबारे मात्रै हैन आफ्नै पार्टीको आर्थिक विभागमा काम गर्ने मान्छेबारे पनि बोल्नुस् ।’ मन्त्री बास्कोटाले सरकार विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए । उनले भने– ‘बाटो बनेकै छन्, पुल बनेकै छन्, कतै कतै खाल्डाखुल्डी छन् ती पनि पुरिँदै जान्छन् । पानी जहाजहाजको काम अघि बढेको छ ।’

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ लिने नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुषाल र उद्योग, वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षानिकायका प्रमुखलगायतको उपस्थिति थियो । यसअघि विहीबार नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद पुनर्गठन गरेकी थिइन । पुनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदा गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।

प्रतिक्रिया