आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एनसेललाई १८ अर्ब कर छूट, २१ अर्ब मात्रै लाभकर उठाउन सर्वोच्चको फैसला

प्रकाशित
1.4K
SHARES

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएवापत अब २१ करोड १० अर्ब रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ ।बिहीबार प्राप्त फैसलाको पूर्णपाठअनुसार एनसेलले पूँजीगत लाभकरवापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ कर तिर्नुपर्नेछ । ठूला करदाता कार्यालयले एनसेलबाट ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय रुपैयाँ लाभकर उठाउन बाँकी रहेको जनाएपनि सर्वोच्च अदालतले भने झन्डै १८ अर्ब छूट हुने गरी २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ मात्रै उठाउन भनेको हो । सर्वोच्चको फैसलाअनुसार एनसेलले १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार २ सय ३५ रुपैयाँ कर छूट पाएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको बृहद पूर्ण इजलाशले २३ माघ २०७५ मा तत्कालीन एनसेल प्रालि र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाट लाभकर असुल गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सर्वोच्च अदालतको परमादेश र फैसलापछि ठूला करदाता कार्यालयले ३ वैशाख २०७६ मा ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ संशोधित पूँजीगत लाभकर निर्धारण गरेको थियो । जसमध्ये एनसेलले विभिन्न मितिमा गरी २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ लाभकर बुझाइसकेको थियो ।

ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय रुपैयाँ लाभकर बुझाउन बाँकी रहेको भन्दै पत्र पठाएपछि एनसेलले उक्त निर्णय खारेजीका लागि परमादेशको आदेश माग गर्दै वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । हाल एनसेलको स्वामित्व लिइरहेको एक्जियाटाले टेलिया सोनेराबाट ८० प्रतिशत शेयर खरिद गरेको थियो । त्यतिबेला एनसेलको बिक्री मूल्य ९आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम० १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ८ हजार तोकिएको थियो ।

जसको खरिद गर्दाको लागत मूल्य १ अर्ब १२ करोड ८८ लाख घटाउँदा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार रुपैयाँ नै पूँजीगत लाभ कायम भएको र सोहीअनुसार लाभकर निर्धारण हुनुपर्ने भन्दै एनसेलले सर्बोच्चमा दायर गरेको रिटमा दाबी गरिएको थियो । पूँजीगत लाभ कायम भएको १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारको २५ प्रतिशत हुन आउने ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ मात्रै तत्कालीन अवस्थामा पूँजीगत लाभकर निर्धारण भएको पनि एनसेलको दाबी थियो ।

जसमध्ये २१ जेठ २०७४ सम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ भुक्तानी गरिसकेका कारण अब निर्धारित लाभकरमध्ये १० प्रतिशत रकम अर्थात् १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँ मात्रै आफूले लाभकर बुझाउन बाँकी रहेको भन्दै सोहीअनुसार निर्धारण गर्न भनेर ठूला करदाता कार्यालयका नाममा परमादेशको आदेश जारी पाउँ भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया