आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजीनामा दिन प्रधानमन्त्री ओलीले गरेको आग्रह उपसभामुखद्वारा अस्वीकार

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए । तर तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको स्रोतको दाबी छ । तुम्बाहाम्फेको राजीनामा दिन मनानेपछि सत्तारुढ नेकपाभित्र तरंग उत्पन्न भएको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका ओलीले तुम्बाहाम्फेलाई मन्त्री बन्न अफर गरेका थिए ।

अहिले भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक जारी छ । मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको हो । सचिवालय बैठकले मन्त्रिपरिषदमा फेरबदल हुने मन्त्रीहरुको नाम टु‌ग्याउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद सदस्य फेरबदलको प्रस्ताव राख्ने र सचिवालय बैठकले अनुमोदन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक लगत्तै प्रधानमन्त्रीले केही मन्त्री हटाउने र केही नयाँ अनुहार थप्नेछन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको मंगलबार जानकारी दिएका थिए । उनले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।

यसअघि मन्त्रिमण्डल हेरफेरबारे प्रधानन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । बुधबार विहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र प्रचण्डबीच क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई जिम्मेवारी दिने भन्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।

प्रतिक्रिया