आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ललितपुर महानगरपालिकाका इन्जिनियर घु’ससहित समातिए

प्रकाशित
1.8K
SHARES

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर २८ का इन्जिनियर महेन्द्र महर्जन घु’स रकमसहित समातिएका छन् । सेवाग्राहीको घर निर्माण सम्पन्न प्रश्चात निर्माण सम्पन्न भएको प्रमाण पत्र दिनका लागि भनेर लिएको १० हजार घु’ससहित इन्जिनियर महर्जन समातिएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले महर्जनलाई घु’स रकम लिइसकेको अवस्थामा वडा कार्यालयबाट समातेको हो ।

समातिएका महर्जनमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै उता मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उमेशकुमार साहलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घु’स लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेको छ। अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार समातेको हो।

वडाध्यक्ष साहले वडा नं. १ स्थित, हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजिकरण गरी दिने प्रयोजनका लागि घु’स रकम मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। यसैक्रममा मंगलबार अख्तियारले उनलाई घु’स रकमसहित समातेको हो।

यस्तै गत कार्तिक २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा कार्यरत शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई घु’स लिएको आरोपमा समातेको थियो ।

आयोगले वरिष्ठ सहायक महतोको कार्यकक्षबाट स्रोत नखुलेको ६८ हजार रुपैयाँ फेला परेपछि शाखा प्रबन्धक आलोक कुमारसहित महतोलाई समातेको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रकृयामा अनियमितता गरेको उजुरीको आधारमा आयोगको टोलीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

त्यस्तै गरि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि घु’ससहित समातिएका छन् । आयोगले अनुसन्धान कार्यालयको सप्तरीस्थित जिल्ला कार्यालयमा सूचक पदमा कार्यरत धर्मेन्द्र कुमार झालाई धर्मेन्द्र कुमार झा ६ हजार घु’ससहित समातेको हो । प्रवक्ता कोइरालाका अनुसार हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तगर्तको सीमा नाकामा सामान ल्याउन सहज गर्ने प्रयोजनका लागि ६ हजार घु’स लिँदा सूचक झा समातिएका हुन् ।

प्रतिक्रिया