आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिममा गयो शक्तिशाली भूकम्प, स्थानीयको भागाभाग

प्रकाशित
1.3K
SHARES

काठमाडौं । सुदूरपश्चिम मंगलबार साँझ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । बझाङ खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर १ पौवागढी केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । बझाङमा केन्द्र भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय राज्य उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्म भूकम्पको धक्का महसुस भएको जनाएका छन् । भूकम्पका कारण कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएपनि क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ । यसअघि पनि बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो। यस्तै सुदूरपश्चिमकै बाजुरा जिल्लमा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । बाजुराको कोल्टीलाई केन्द्रबिन्द बनाएर ४.१ रेक्टरस्केलको भूकम्प थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिए । आसपासका जिल्लासम्म भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे ।

प्रतिक्रिया