आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अबदेखि बिहानमा विद्यालय खोले का’र’वाही हुने

प्रकाशित
1.7K
SHARES

बलेवा। नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ। अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ। नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक-पटक पत्राचार गरेर माध्यामिक विद्यालय दिउँसो १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको थियो। तर कात्तिक मसान्तसम्म पनि बिहानै चलाएपछि स्पष्टीकरण सोध्ने र कानूनी कारवाहीको तयारी थालेको हो।

सङ्घीयता कार्यान्वयनपछि नेपाल सरकारले उच्च मावि खारेज गरेर कक्षा १ देखि १२ सम्मलाई मावि तोकेको छ। मावि तहको पढाई दिउँसो सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था भएर पनि अटेर गरेपछि कारवाही प्रक्रिया थालिएको बताइएको छ। गत साउनदेखि केही विद्यालयले दिउँसोमा पढाउन थालेपनि बलेवाको गणेश माविसहित सदरमुकामका विद्यालयले अटेर गरेका हुन्।

सदरमुकामकै कालीका कन्या मावि, चिल्ड्रेन लाईफ, अमर आदर्श, आदर्श विद्यामन्दिर, सनराईज, अमृत आदर्श, न्यू ओएसिस, गरिमा आवासीय मावि र फ्युचर ब्राइटर माविले पनि बिहान कक्षा चलाएको भेटिएको हो। ती विद्यालयमा पटक-पटक पत्राचार गरेर निर्देशन दिए पनि निर्देशन पालना नभएको हो। नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले सात दिनभित्र निर्देशन पालना गर्न र निर्देशन किन पालना नगरिएको स्पष्टीकरण पेश गर्न पनि पत्राचार गरेका छन्। अटेर भइरहेमा कानून बमोजिम कारवाही गर्ने योजनासमेत नगरपालिकाले बनाएको छ।

यस्तै देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ । साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो ।

विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलकाअनुसार प्राविधिक विषयको कक्षा सञ्चालनसँगै विद्यार्थी तथा अभिभावकको रोजाइँमा जनप्रिय विद्यालय पर्न थालेको छ । “विद्यालयमा हाल एक हजार ५७१ जना विद्यार्थी अध्ययनरत छन्, प्राविधिक तर्फको सिभिल इञ्जिनीयरिङका लागि प्रत्येक वर्ष ४८ जना विद्यार्थी भर्ना गर्ने गरिएको छ” उनले भने ।

अन्य कक्षामा विद्यार्थी बढ्नुका साथै वर्षेनी प्राविधिक शिक्षाका लागि भर्ना हुन आउने विद्यार्थीको आकर्षण पनि बढ्दै गएको बताउँदै उनले प्रवेश परीक्षाका आधारमा विद्यार्थी भर्ना गर्ने गरिएको जानकारी दिए । विद्यार्थीको बढ्दो चापसँगै निर्धारित ४८ कोटा बढाउने विद्यालयले तयारी गरेको छ ।

प्रतिक्रिया