आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सञ्चारकेन्द्रकर्मी राजकुमार घिमिरे पुनः गिरफ्तार

प्रकाशित
1.7K
SHARES

काठमाडौं । कास्की प्रहरीले सञ्चारकेन्द्र डटकमका पोखरा संवाददाता राजकुमार घिमिरेलाई पुनः गिरफ्तार गरेको छ । घिमिरेलाई आइतबार साँझ पोखराको पृथ्वीचोकबाट गिरफ्तार गरेको पत्रकार राजेन्द्र आधिकारिकले जानकारी दिए । उनलाई के-कति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले जानकारी दिन मानेको छैन ।

सहकर्मी घिमिरेलाई के कारणले गिरफ्तार गरिएको हो भन्ने बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीले उल्टै सञ्चारकेन्द्रकर्मीलाई “तपाईका बारेमा म पहिला बुझ्छु तपाई को हो ? अनि कुरा गरौला” भनेर अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । बिना कारण सञ्चारकर्मीलाई गिरफ्तार गरी हिरासतमा राख्ने र उल्टै जिम्मेवार प्रहरी अधिकारीले नै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनुले प्रहरीले प्रेसको घाटी निमोठ्ने काम गरेको भन्दै सञ्चारकेन्द्रकी कार्यकारी सम्पादक दिया चन्दले आपत्ति जनाएकी छन् ।

यसैबीच संचारकेन्द्र डटकमले आफ्ना संवाददाताको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । इमान्दार मिडिया प्रालिका अध्यक्ष तथा सञ्चारकेन्द्र डटकमका सञ्चालक कमल बुढाले आफ्नो मिडिया हाउसका सञ्चारकर्मीलाई गणतान्त्रिक देशको प्रहरीले राणाकालिन शैलीमा गिरफ्तार गरेर फासिवादी चरित्र देखाएको भन्दै यस्तो हर्कत नदोहोर्याउन सरकारसँग अनुरोध गर्दै रिहा गर्न समेत माग गरेका छन् ।

यसअघि गत असोज १४ मा पनि उनलाई प्रहरीले केहि समय नियन्त्रणमा लिएर रिहा गरेको थियो । यातायात कार्यालय गण्डकीमा हुने अनियमियताको रिपोर्टिङ्ग गर्न भनि गएका पत्रकार घिमिरेलाई आफ्नो कार्यक्षेत्रको काम नै गर्न अबरोध गरी गरिएको गिरफ्तारीप्रति आपत्ति जनाउदै सञ्चार केन्द्र डटकम प्रेममाथि हुने यस्ता दमन र धरपकडको घोर निन्दा एवंम् भत्र्सना गर्दै गिरफ्तार सहकर्मी राजकुमार घिमिरेलाई तत्काल रिहा गर्न कास्की प्रहरीलाई अनुरोध गर्दछ।

प्रतिक्रिया