आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड नेपालको पहाडलाई छेडेर टनेल बनाउँदै तिब्र गतिमा रेल ल्याउनु पर्छ भन्दै अगाडी बढे

प्रकाशित
1.4K
SHARES

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फाष्ट स्पिड रेलको युग सुरू भएको बताएका छन्। घुमाउरो सडक निर्माण गर्नुभन्दा पहाड छे डेर टनेल बनाउँदै रेलवे बनाउनु पर्नेमा उनले जोड दिए।

राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै आइतबार काठमाडौंमा प्रचण्डले भने,अब हामी पूर्वाधार निर्माणमा जानुपर्छ। घुमाउँरा बाटो होइन पहाड छे डेर टनेल बनाउँदै फाष्ट रेल बनाउनुपर्छ।

नेपाल प्राकृतिक र मानविय स्रोतका दृष्टिले पनि धनी रहेको प्रचण्डले बताए। ‘हामी फाष्ट स्पिडको जमानातिर जानुछ,’ उनले भने ‘पर्यटन क्षेत्रमा पनि नयाँ विकास गर्नुछ।’ उनले विकास निर्माणका काम गरेर सन्देश दिनुपर्ने बताए। ‘विदेशमा गर्मी छ। एकखाले नर्कमा बस्नुपर्छ,’ उनले भने, ‘प्राकृतिक हिसाबले नेपाल त स्वर्ग हो नि।’

उनले उपनिर्वाचनमा सक्रिय सहभागिता जनाउन युवा संघलाई आग्रह गरे। साथीहरूको रिपोर्ट अनुसार कांग्रेस, राप्रपालगायत दलले जितेका ८० प्रतिशत ठाउँमा हामी जित्दैछौं,’ उनले भने, ‘उपनिर्वाचन सानोतिनो अग्नि परीक्षा हो। यसमा हामी पास हुनुछ।’

प्रतिक्रिया