आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, तेस्रोपटक डायलासिस गरिँदै

प्रकाशित
1.5K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्राेतले जनाएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । पछिल्लो उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । यस्तै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्त गरेको छ । १२ सदस्यीय सचिवालयमध्ये यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ११ जनालाई राजीनामा दिन भनेका थिए । ११ मध्ये ३ जना नयाँ नियुक्त भएका छन् भने अन्य सबै पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको गर्नुअघि ओलीले आफ्नै सचिवालय हेरेफेर गरेका हुन् ।

प्रतिक्रिया