आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्टयाण्डर्ड चार्टर्ड बैकले साढे २२ प्रतिशत नगद लाभांश दिने

प्रकाशित
1.2K
SHARES

काठमाडौं । वैदेशिक लगानीसहितको स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रतिशेयर साढे २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रवार बसेको बैकको सञ्चालक समितिको बैठकले प्रतिशेयर साढे २२ रुपैयाँ नगद लाभांश दिने निर्णय गर्नका लागि मंसीर २३ गते साधारणसभा बोलाउने निर्णय समेत गरेको छ । साधारणसभा बोलाएको बैकले मंसिर ९ गतेदेखि २३ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द गर्ने निर्णय समेत गरेको छ ।

यस्तै हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बसेको बैकको सञ्चालक समितिको बैठकले साधारणसभाबाट पारित भएपछि १० प्रतिशत वोनस शेयर र १२ प्रतिशत नगद लभांश दिने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत हुन आउने वोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैकको साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्ने बैकले जनाएको छ । त्यस्तै आइसीएफसी फाइनान्सले समेत शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत वोनस शेयर र ८ प्रतिशतले हुन आउने रकम नगद लाभांश र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । फाइनान्सको सधारणसभाले पारित गरेपछि सञ्चालक समितिको निर्णय कार्यान्वयन हुने जनाइएको छ ।

यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत वोनस र साढे ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले कुल् १९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैकले चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ(करसहित) नगद र वोनस शेयर दिने निर्णय गरेको हो ।

बैकको साधारणसभा आगामी मंसिर २० गतेका लागि बोलाइएको छ । सञ्चालक समितिको बैठकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार बराबरको वोनस शेयर र एक अर्ब ९ करोड ३९ लाख २८ हजार ६ सय ७४ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो ।

नगद लाभांश र वोनस शेयर दिने निर्णय राष्ट्र बैकबाट समेत स्विकृत भइसकेको र आगामी मंसीर २० गते बस्ने साधारणसभा बैठकले पारित गरेपछि लागू हुने जनाइएको छ ।

प्रतिक्रिया