आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुमारी बैंकद्धारा ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग

प्रकाशित
1.8K
SHARES

काठमाडौँ । कुमारी बैंकले लामाटार, ललितपुरस्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने उद्येश्यका साथ विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको छ ।

गुणस्तरीय शिक्षामा टेवा पुर्‍ याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीज्यूले विद्यालयका प्रधानाध्यापक विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरे ।

उक्त हस्तान्तरण समारोहमा महालक्ष्मी न. पा. वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १११ शाखा संजाल, १०२ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

यस्तै लुम्बिनी विकास बैंकले पोखरा महानरपालिका १५ मा रहेको सिद्घ माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिक–१५, रामबजार स्थित श्री सिद्घ माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि ६० हजार हस्तान्तरण गरेको हो ।

बैंकका संचालक सुशिल राज पराजुलीद्वारा विद्यालय व्यवस्थापन समितिलाई कात्तिक २८ गते आर्थिक सहयोग वापत रु. ६०,०००÷– को चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताए ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया