आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनाङको भीरमा अलपत्र फ्रान्सेली पर्यटकको सकुशल उद्दार

प्रकाशित
580
SHARES

जोमसोम । प्रहरीले मुस्ताङमा पदयात्राका क्रममा भीरमा फसेकी फ्रान्सेली नागरिकको उद्दार गरेको छ। राउन्ड अन्नपूर्ण सर्किट हुँदै मुस्ताङ पदयात्राको क्रममा ५ घण्टासम्म भीरमै अलपत्र परेकी ३२ वर्षीया फ्रान्सेली महिला मारिने चर्लोत्ते तचातको प्रहरीले शुक्रबार सकुशल उद्दार गरेका हो ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ स्थित सिङघोपु भन्ने स्थानमा उनी अलपत्र परेकी थिइन् । मुस्ताङका प्रहरी प्रवक्ता आशीष अधिकारीका अनुसार उद्दार गरिएकी महिला एक साताअघि एक्लै मनाङदेखि थ्रोरङ्लापास हुँददै मुस्ताङको जोमसोम आउने क्रममा थिइन् ।

उनी भीरमा अलपत्र परेको सूचना दिउँसो ३ बजे प्रहरीलाई जानकारी गराइएको थियो । उनीसँग जीपीएस भएकाले अलपत्रपरेको सूचना फ्रान्सेली दूतावासलाई जानकारी गराएकी थिइन् । यसपछि दूतावासले मुस्ताङ प्रहरीलाई सूचना गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

यस्तै उता गोर्खाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको निधन भएको छ ।हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको शनिवार लेक लागेर निधन भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् ।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् । बोकेर तेस्रो शिविर ल्याइपुर्याउदा उनको निधन भएको शर्माले बताए ।

मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उनले बताए । घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

एका तिर आरोही अलपत्र पर्ने र निधन हुने क्रम जारी छ भने अर्को तर्फ पर्यटकहरु आउने क्रम पनि जारी छ । यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।

अनुमति लिने क्रम निरन्तर हुने भएकाले धवलागिरि हिमाल आरोहणमा आरोहीको सङ्ख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सन् १९६० मे महिनाको १३ तारिखमा अष्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ।

तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भए पनि १९४९ मा स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो ।

अहिलेसम्म सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । त्यसपछि मनास्लु हिमालका लागि २७ दलका २६४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया