आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कारण केहि नखुलाई प्रधानमन्त्रीले अचानक दिए राजीनामा

प्रकाशित
77.7K
SHARES

काठमाडौं । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा दिएका छन्। कुवेती समाचार संस्थाले सरकारका काम कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाइएको छैन ।

सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएका हुन् । खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन ।

यस्तै नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा शयर गरेका छन् । बिहीवार पोखरा पुगेका उनले फेवातालमा जलविहार गरेका हुन् । राष्ट्रवपति हमिद नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौंबाट पोखरा पुगेका थिए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाइएको थियो । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम राखिएको थियो । जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

यस्तै भारतले नेपाली भूमी मिचेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको बिरोधमा अहिले देशभर व्यापक विरोध तथा प्रदशन भईरहेको छ । भारतले नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तैबाट देखिएको नेपाल भारतबीचको सीमा विवादका बारेमा उत्तरी छिमेकी देश चीनले पनि मुख खोलेको छ । चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्ने भन्दै आफूले सदैव नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ । नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा हालेपछि बढेको बहस र चीनले समेत नेपालको भूमि मिचिरहेको भनेर आएको समाचारप्रति प्रतिक्रिया दिँदै चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले पहिलोपटक बिहीबार प्रतिक्रिया दिएका हुन् ।

हालै भारतले आफ्नो राजनीतिक नक्साभित्र कालापानीलाई समेटेपछि सीमावर्ती क्षेत्रमा विवाद बढ्दै गएको र चीनले पनि केही नेपाली भूभाग अतिक्रमण गरेको बारे चीनको धारणा माग्न राखिएको जिज्ञासामा प्रवक्ताले जवाफसहितको प्रेस नोट पठाएका हुन् । ‘नेपाल र भारतले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउन सक्छन् भन्नेमा चिनियाँ पक्ष आशा गर्दछ,’ प्रेस नोटमा भनिएको छ, ‘चिनियाँ पक्षले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सदैव सम्मान गर्दै आएको छ ।’ नेपाली भूमिलाई भारतले नक्साभित्र राखेपछि उत्तरको छिमेकीले पहिलोपटक सीमा व्यवस्थापन र सुरक्षाका दृष्टिले कूटनीतिक महत्त्वको धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ प्रवक्ताले नेपाल र चीनबीच सन् १९६१ मा सम्पन्न सीमा सम्झौताका आधारमा द्विदेशीय सीमा तय भएको र त्यसै आधारमा सीमांकन भएको समेत जानकारी दिएका छन् । ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनबाट नेपाली भूभाग अतिक्रमणमा परेको भनेर दाबी गरेको हामीले पाएका छौं । यो आरोप आधारहीन छ,’ चिनियाँ प्रवक्ताले भनेका छन्, ‘यी आरोपहरू जनसाधारणलाई सत्य के हो, झूट के हो, थाहा हुन नसकोस् भनेर ध्यान अन्यत्र मोड्ने उद्देश्यतर्फ केन्द्रित छन् ।’

बितेका वर्षहरूमा नेपाल–चीनबीच सीमा तथा सुक्खा बन्दरगाहका विषयमा राम्रो सहकार्य जारी रहेको उल्लेख गर्दै प्रवक्ताले पठाएको प्रेस नोटमा गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा द्विदेशीय सीमा व्यवस्थापन प्रणालीबारे पनि हस्ताक्षर भएको स्मरण गरिएको छ । ‘नेपालको सीमा मामिलामा हुन सक्ने बाहिरी हस्तक्षेप हटाउन नेपालसँग थप सहकार्य गर्न चीनले इच्छा राख्दै आएको छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘साझेदारी विकासको अवधारणालाई चीन अघि बढाउन चाहन्छ ।’

वाङले नेपाल–चीन सम्बन्धलाई अवमूल्यन गर्ने कुनै प्रकारको प्रयत्न सफल हुन नसक्ने अठोट पनि प्रकट गरेका छन् । बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका प्रवक्तामार्फत आएको धारणालाई नै काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताले दोहोर्‍याएका हुन् । यसअघि चीन र भारतले कालापानी, लिपुलेक नाका हुँदै व्यापारिक मार्ग खोल्ने भनी गरेको विवादास्पद समझदारीको नेपालमा निकै आलोचना भएको थियो । त्यसबारे भने चिनियाँ पक्षले प्रेस नोटमा केही बोलेको छैन ।

प्रतिक्रिया