आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ सुरु

प्रकाशित
1.6K
SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ । उनीमाथि आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ । राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिनेछन् । बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन् । बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताएका थिए । अमेरिकी डेमोक्र्याटहरूले उनी र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोहोर्‍याउने आशा गरेका छन् । रिपब्लिकन र डेमोक्र्याट दुवैपक्षले यो प्रक्रियाभरी उत्तेजक भाषा प्रयोग गर्दै आएका छन् । रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई ‘कु’ गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन् । संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम सीफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई ‘परम्परागत गुन्डाहरूबीचको कुराकानी’को संज्ञा दिएका थिए ।

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो । यदि तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाई गर्नुपर्ने बाध्यता हुनेछ । यस्तै यता बोलिभियामा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी विपक्षी सिनेटर जिनाइन अनेज र पूर्व राष्ट्रपति इभो मोरालेजका समर्थकबीच झडप भएको छ । नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी र दंगा प्रहरीबीच पनि विभिन्न ठाउँमा झडप भएको छ । मोरालेज समर्थित सांसदहरुले अनेजको नियुक्तिको वैधानिकतालाई चुनौति दिने बताएका छन् । तर संवैधानिक अदालतले भने अन्तरिम राष्ट्रपतिको नियुक्तिलाई अनुमोदन गरेको छ । मोरालेजको पार्टीका सांसदहरुले सिनेट बैठक बहिस्कार गरेका थिए । अनेजले चाँडै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनमा धाँधली भएको भन्दै विरोध चर्किएपछि आइतवार राजिनामा दिएका मोरालेज राजनीतिक शरणका लागि मेक्सिको पुगेका छन् ।

प्रतिक्रिया