आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी ८ मन्त्रिलाइ प्रधानमन्त्री ओलीले सरकारबाट गर्ने भए आउट ! मन्त्रिपरिषद् पुनर्गठन तयारी

प्रकाशित
39.6K
SHARES

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । सरकार गठन भएको २० महिनामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने गृहकार्य शुरु गर्नु भएको हो । आइतबार दुई अध्यक्षबीच कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

सरकार गठन भएको २० महिनामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने गृहकार्य शुरु गर्नु भएको हो । आइतबार दुई अध्यक्षबीच कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो । अधिकांश मन्त्रीहरुको कार्यसम्पादनमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेका छन् । नेकपा स्रोतका अनुसार केही मन्त्रीबाहेक अधिकांश मन्त्रीहरु फेरिने छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाउनु भएको थियो । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प बताउनु भएको थियो ।

जवाफमा प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो । प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाउनु भयो ।

प्रतिक्रिया