आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा उपेन्द्र यादव अनुपस्थित

प्रकाशित
1.1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राखेको सर्वदलीय सर्वपक्षीय बैठकमा समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित भएका छन् । कालापानीलाई समावेश गरेर भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले चाल्ने कदमबारे बाुवाटारमा डाकिएको बैठकमा पूर्व प्रधानमन्त्री देखि सत्तापक्ष र विपक्षका सबै नेताहरु सहभागी थिए । तर यादब सहभागी भएनन् ।

समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी समेत सहभागी भएको उक्त बैठकमा उपेन्द्र यादवको अनुपस्थितिलाई निकै चासोका साथ हेरिएको छ । उनले जानीबुझी अनुपस्थिति जनाएको स्रोतले जनाएको छ । यादवको अनुपस्थितिलाई लिएर मधेश केन्द्रित दलका नेताहरुले समेत चासो लिएका छन् ।

पछिल्लो समय नको गतिविधि विवादास्पद रहँदै आएको भन्दै प्रधानमनमन्त्री ओली उनीसँग अन्तुष्ट छन् । आजको बैठकमा अनुपस्थिति भएपछि उनको नियत के हो भनेर राजनीतिक दलहरु शसंकित भएका छन् । यादब सहभागी नभए पनि बैठकमा मधेशी दलका नेताहरु राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादवलगायत सबै सहभागी थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेता लोकेन्द्रबहादुर चन्दलगायत सहभागी थिए । अभूतपूर्व राष्ट्रिय एकता देखिने गरी भएको बैठकमा सत्तापक्षकै एकजना नेता सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको पार्टी भित्रैबाट यादवलाई सरकारबाट फिर्ता गराउन दबाब बढिरहेको छ । तर उनी भने सत्ता छाड्न मानिरहेका छैनन् । प्रधानमन्त्री ओलीले उनको गतिविधिका कारण विगतमा पनि पटक-पटक चेतावनी दिइसकेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले सचिवालय र नजिकका सदस्यहरुको गलत सल्लाहाका कारण सरकार असफल भएको महसुस गर्दै सचिवालय सदस्यहरुलाई राजिनामा दिन लगाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि निजी सचिवालयका सबै सदस्यले शनिबार राजीनामा बुझाएका हुन् । ‘आजको काम भोलि गरौँला भन्ने सुविधा छैन’ भन्ने अठोट लिएका प्रधानमन्त्री ओलीले अब भने नतिजा देखिने गरी काम गर्न खोजेको सल्लाहाकारको राजिनामाको संकेतको रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया