आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनकपुरमा मोदीसँगै ओलीको पुत्ला जलाइयो, प्रहरी हेरेको हेरेइ

प्रकाशित
1.3K
SHARES

जनकपुरधाम । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभाग समेटेको र नेपालका प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आइतबार जनकपुरधाममा दुबै देशका प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रधी नरेन्द्र मोदीको पुत्ला एकैपटक जलाइएको हो । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) र जनगणतान्त्रिक मोर्चा धनुषाका नेता/कार्यकर्ताले स्थानीय जनक चोकमा ओली र मोदीको पुत्ला जलाएका हुन् ।

भारतले नेपाली भूभागलाई जोडेर नक्सा सार्वजनिक गरिरहँदा समेत प्रधानमन्त्री ओली चुप लागेर बसेपछि दुबैको पुत्ला जलाइएको नेकपा माओवादी (क्रान्तिकारी) का धनुषा सेक्रेटरी शितल कर्णले बताए । भारतले आफ्नो नक्सामा समेटिएको नेपाली नक्सा नसच्याइए र प्रधानमन्त्रीले चासो नलिए कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् । उता वीरगञ्जमा भनेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएको छ ।

यस्तै वीरगन्जमै सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि आइतबार विरोधमा प्रदर्शन गरेको छ । विद्यार्थीले वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावास घेराउ गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन्। आइतबार साँझ घण्टाघर चोकबाट अनेरास्ववियु र देश बनाउन संघर्ष समिातिले छुट्टाछुट्टै जुलुस निकालेर महावाणिज्य दूतावास घेराउ गरेका हुन्।

दुतावासको मुल प्रवेशद्वारमा विद्यार्थीहरुले केहीबेर धर्नासमेत दिएका प्रदर्शनकारी बताइएको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले गोे ब्याक इण्डिया, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी-लिपुलेक-लिम्पियाधुरा हाम्रै हो, नेपाली सीमा मिच्न पाइँदैन, छिमेकीले नेपाललाई हेप्न पाइँदैन, स्वार्थी छिमेकी चाहिँदैन, मिचिएको नेपाली भूमि फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

यसैबीच भारतको नयाँ नक्साको विरोधमा भारतीय दूतावासतर्फ अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलसमा प्रहरीले हस्तक्षेप गरेको छ । राप्रपाको युवक संगठनले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको हो । प्रहरीको लाठीले राप्रपाका सहायक प्रवक्ता रमानन्द न्यौपाने, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, महासचिव जगदिशराज भण्डारी, विद्यार्थी संगठनका प्रवक्ता छत्र खडायत, कर्ण माझी र सशी भण्डारीलगायतका नेता कार्यकर्ता घाइते भएका राप्रपाले जनाएको छ ।

राप्रपा पार्टी कार्यालय धुम्बाराहीबाट विशालनगर, भाटभटेनी, गैरीधारा हुँदै भारतीय दूतावास लैनचौरतर्फ गएको राप्रपाको जुलुसलाई प्रहरीले उत्तरढोका नजिक रोकेर लाठीचार्ज गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए । शान्तिपूर्ण विरोध प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै उनले सरकारको विरोध गरे । भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको लिम्पियाधुरासमेत समेटिएको भन्दै केही दिनयता नेपालमा विरोध चर्किएको छ । शुक्रबार सत्तारुढ नेकपाको भातृ संगठनले भने लैनचौरमा भारतीय दूतावास अगाडि नै विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया